नियम
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यी नियमहरूमाः–
(क) “ऐन” भन्नाले विस्फोटक पदार्थ ऐन, २०१८ सम्झनु पर्छ,
(ख) “अनुसूची” भन्नाले यी नियमहरूको अनुसूची सम्झनु पर्छ,
(ग) “नाइके” (फोरम्यान) भन्नाले आफ्नो मालिकको काम अन्तर्गत कुनै विस्फोटक
पदार्थको हेरचाह गर्ने आफ्ना मालिकको अरु कर्मचारीहरूलाई विस्फोटक पदार्थ
वितरण गर्ने वा आफैले प्रयोग गर्ने काममा लगाइएको कुनै कर्मचारीलाई सम्झनु
पर्छ ।