नियम
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “विदेशस्थित मिशन” भन्नाले विदेशमा रहेका नेपाली दूतावास, वाणिज्य महादूतावास र वाणिज्य दूतावास तथा ट्रेड एजेन्सीलाई समेत सम्झनु पर्छ ।
(ख) “प्रमाणीकरण” भन्नाले कुनै अड्डा वा अदालत वा सरकारी कार्यालयको रेकर्डमा रहेको वा त्यस्ता अड्डा अदालत वा कार्यालयबाट प्रमाणित गरिएको कुनै लिखत सो रेकर्डमा रहे वा प्रमाणित गरिए बमोजिमको हो भनी प्रमाणित गर्ने कामलाई सम्झनु पर्छ ।