नियम
परिभाषा
: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-

(क) “अनुसन्धान अधिकारी” भन्नाले बालबालिका उपर लागेको कसूरजन्य कार्यको आरोपमा अनुसन्धान _गर्न_एऐनको दफा २३ वमोजिम गठन गरिएको एकाइ वा सो कार्य गर्न तोकिएको कर्मचारी सम्झनु पर्छ ।

(ख) “अभियोगपत्र” भन्नाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-१ वा अनुसूची-२ मा उल्लिखित मृद्दामा तयार गरेको अभियोगपत्र सम्झनु पर्छ ।

(ग) “उजुरी” भन्नाले कसूरजन्य कार्यको आरोपमा बालबालिका उपर परेको उजुरी सम्झनु पर्छ र सो शब्दले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-१. वा अनुसूची-२ अन्तर्गतका कसूरको सम्बन्धमा दायर भएको अभियोगपत्र वा अन्य मुद्दाको सम्बन्धमा परेको प्रतिवेदनलाई समेत जनाउँछ ।

(घ) “ऐन”. भन्नाले बालबालिका सम्बन्धी ऐन, २०७५ सम्झनु पर्छ ।

(ङ)। “बाल इजलास" भन्नाले ऐनको दफा ३० को उपदफा (३) बमोजिम जिल्ला अदालतमा गठन गरिएको बाल इजलास सम्झनु पर्छ ।

(च) “समिति” भन्नाले नियम ३० बमोजिमको केन्द्रीय बाल न्याय समिति सम्झनु पर्छ ।