दफा २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-
(क) “जैविक विवरण” भन्नाले दफा ७ को उपदफा (३) बमोजिमको जैविक विवरण सम्झनु पर्छ।
(ख) “तथ्याङ्क भण्डार” भन्नाले दफा ३० बमोजिमको विद्युतीय तथ्याङ्क भण्डार (इलेक्ट्रोनिक डाटा) सम्झनु पर्छ र सो शब्दले तथ्याङ्क भण्डारण गर्ने प्रयोजनका लागि खडा गरिएको अभिलेख पुस्तिका वा विद्युतीय अभिलेखलाई समेत जनाउँछ।
(ग) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
(घ) "दर्ता किताब" भन्नाले पञ्जीकरण तथा नागरिक अभिलेख राख्न खडा गरिएको अभिलेख दर्ता पुस्तिका सम्झनु पर्छ र सो शब्दले आधुनिक सूचना प्रविधिको प्रयोग गरी निर्माण गरिएको तथ्याङ्क भण्डारलाई समेत जनाउँछ।
(ङ) "पञ्जीकरण" भन्नाले नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने तथा व्यक्तिगत घटना दर्ता गर्ने कार्य सम्झनु पर्छ।
(च) "पश्जिकाधिकारी" भन्नाले दफा १७ अनुसारको पञ्जिकाधिकारी (रजिष्ट्रार) सम्झनु पर्छ।
(छ) “परिचय नम्बर” भन्नाले दफा ६ बमोजिम प्रदान गरिएको राष्ट्रिय परिचय नम्बर सम्झनु पर्छ।
(ज) “परिचयपत्र” भन्नाले दफा ९ बमोजिम प्रदान गरिएको राष्ट्रिय परिचयपत्र सम्झनु पर्छ।
(झ) “परिचयपत्र प्राप्त गर्न योग्य व्यक्ति” भन्नाले दफा ४ बमोजिम योग्यता पुगेको व्यक्ति सम्झनु पर्छ।
(ज) “बसाइँ सराइ” भन्नाले नेपालभित्र एक स्थानीय तहबाट अर्को स्थानीय तहको क्षेत्रमा वा एउटै स्थानीय तहको एक वडाबाट अर्को वडामा स्थायी रुपमा बसाइँ सर्ने कार्य सम्झनु पर्छ र सो शब्दले विदेशमा बसाइँ सरी जाने वा विदेशबाट बसाइँ सरी नेपालमा आउने कार्य तथा एक सय असी दिनभन्दा बढी अवधिको लागि अस्थायी रुपमा बसाइँ सर्ने कार्यलाई समेत जनाउँछ।
(ट) “मन्त्रालय” भन्नाले नेपाल सरकारको गृह मन्त्रालय सम्झनु पर्छ।
(५) “महानिर्देशक” भन्नाले विभागको महानिर्देशक सम्झनु पर्छ।
(ड) «राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली” भन्नाले राष्ट्रिय परिचयपत्र वितरणका लागि नागरिकका सूचना र विवरणहरु एकीकृत रुपमा व्यवस्थापन गर्ने तथा यसलाई राज्यबाट उपलब्ध हुने सेवा, सुविधा र विकास योजनासँग आबद्ध गर्ने प्रयोजनका लागि नेपाल सरकारले स्थापना गरेको विद्युतीय प्रविधिमा आधारित तथ्याङ्क भण्डारण प्रणाली सम्झनु पर्छ। (ढ) “बिभाग” भन्नाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सम्झनु पर्छ।
(ण) “वैयक्तिक विवरण” भन्नाले व्यक्तिको परिचय खुल्ने नाम, थर, ठेगाना, लिङ्ग, जन्म मिति, बाबु, आमा, पति, पत्नी, बाजे, बज्यैको नाम तथा सोसँग सम्बन्धित विवरण सम्झनु पर्छ र सो शब्दले नेपाल सरकारको कुनै कार्यालय वा निकायमा रहेको व्यक्तिको योग्यता, पेशा, व्यवसाय, आय, स्वामित्व सम्बन्धी व्यक्तिगत विवरणलाई समेत जनाउँछ।
(त) "व्यक्तिगत घटना" भन्नाले कुनै व्यक्तिको जन्म, मृत्यु, विबाह, सम्बन्ध विच्छेद तथा बसाइँ सराइ सम्झनु पर्छ।
(थ) “समन्वय समिति” भन्नाले दफा ३७ बमोजिमको समन्वय समिति सम्झनु पर्छ।
(द) “स्थानीय अधिकारी” भन्नाले सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी सम्झनु पर्छ र सो शब्दले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अन्य अधिकारीलाई समेत जनाउँछ।
(ध) “स्थानीय तह” भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ।