विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “नेपाल स्काउट” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल स्काउट सम्झनु पर्छ ।
(ख) “राष्ट्रिय परिषद्” भन्नाले दफा ७ बमोजिमको राष्ट्रिय परिषद् सम्झनु पर्छ ।
“(ख१) “प्रदेश परिषद्” भन्नाले दफा ९क. बमोजिमको प्रदेश परिषद् सम्झनु पर्छ।
(ग) “राष्ट्रिय कार्यकारी समिति” भन्नाले दफा १० बमोजिमको राष्ट्रिय कार्यकारी समिति सम्झनु पर्छ ।
(घ) “सल्लाहकार सभा” भन्नाले दफा १३ बमोजिमको सल्लाहकार सभा सम्झनु पर्छ ।
(ङ) “प्रमुख स्काउट” भन्नाले दफा १५ बमोजिमको प्रमुख स्काउट सम्झनु पर्छ ।
(च) “प्रमुख आयुक्त” भन्नाले दफा १६ बमोजिमको प्रमुख आयुक्त सम्झनु पर्छ ।
(छ) “सहप्रमुख आयुक्त” भन्नाले दफा १७ बमोजिमको सह–प्रमुख आयुक्त सम्झनु पर्छ ।
(ज) “आयुक्त” भन्नाले दफा १८ बमोजिमको आयुक्त सम्झनु पर्छ ।
(ज१) “नेपाल स्काउटको सदस्य” भन्नाले दफा १८ बमोजिमको सदस्य सम्झनु पर्छ ।
(झ) “सचिव” भन्नाले नेपाल स्काउटको राष्ट्रिय सचिव सम्झनु पर्छ ।
(ञ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यो ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।