दफा २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा, –
(क) “आयोग” भन्नाले दफा ३ बमोजिम स्थापना भएको विश्वविद्यालय अनुदान आयोग सम्झनु पर्छ ।
(ख) “विश्वविद्यालय” भन्नाले प्रचलित कानून बमोजिम स्थापना भएका वा हुने विश्वविद्यालय सम्झनु पर्छ ।
(ग) “अध्यक्ष” भन्नाले आयोगको अध्यक्ष सम्झनु पर्छ ।
(घ) “सदस्य” भन्नाले आयोगको सदस्य सम्झनु पर्छ र सो शव्दले आयोगको अध्यक्ष र सदस्य सचिवलाई समेत जनाउँछ ।
(ङ) “सचिव” भन्नाले आयोगको सचिव सम्झनु पर्छ ।
(च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।