दफा
परिभाषा
विषय वां प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-
(क) “अनुमतिपत्र” भन्नाले दफा ३ बमोजिम जारी गरिएको अनुमतिपत्र सम्झनु पर्छ।
(ख) “अनुमतिपत्र प्राप्त व्यक्ति” भन्नाले अनुमतिपत्र प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ।
(ग) “अनुमतिपत्र जारी गर्ने अधिकारी” भन्नाले दफा ४ बमोजिमको अधिकारी सम्झनु पर्छ।
(घ) “अन्य घातक रासायनिक पदार्थ” भन्नाले तेजाब बाहेक मानव अङ्ग, जीवजन्तु वा अन्य जैविक वा गैरजैविक वस्तुलाई गम्भीर हानि, नोक्सानी वा क्षति पुरयाउन सक्ने नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अन्य रासायनिक पदार्थ सम्झनु पर्छ।
(ङ) “उत्पादन” भन्नाले तेजाब वा अन्य घातक रासायनिक पदार्थको कुनै तरिकाले उत्पादन, प्रशोधन, संश्लेषण वा सृजना गर्ने कार्य सम्झनु पर्छ र सो शब्दले त्यस्ता पदार्थको प्याकेजिङ्ग वा पुनः प्याकेजिङ्ग गर्ने कार्यलाई समेत जनाउँछ।
(च) "जिल्ला समिति” भन्नाले दफा २० बमोजिमको जिल्ला तेजाब वा अन्य घातक रासायनिक पदार्थ नियन्त्रण समिति सम्झनु पर्छ।
(छ) “तेजाब” भन्नाले मानव अङ्ग, जीवजन्तु वा अन्य जैविक वा गैरजैविक वस्तुलाई जलाउने (बर्न), घातक क्षति पुरयाउने (कोरोसिभ) वा अन्य कुनै किसिमले गम्भीर असर पुरयाउने अकारबोनिक तेजाब (इनअर्गानिक एसिड) जन्य रासायनिक पदार्थ सम्झनु पर्छ र सो शब्दले नाइट्रिक एसिड, सल्फरिक एसिड र हाइड्रोक्लोरिक एसिड तथा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको तेजाबजन्य. अन्य घातक तथा ज्वलनशील रासायनिक पदार्थलाई समेत जनाउँछ ।
(ज) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
(झ) “मन्त्रालय” भन्नाले नेपाल सरकारको गृह मन्त्रालय सम्झनु पर्छ।
(ज) “समिति” भन्नाले: दफा १६ बमोजिमको केन्द्रीय तेजाब तथा अन्य घातक रासायनिक:पदार्थ नियन्त्रण समिति सम्झनु पर्छ।