दफा १७
परियोजना कार्यान्वयन गर्न सकिने
(१) पूर्वाधार संरचना सम्बन्धी कुनै परियोजना सार्वजनिक-निजी साझेदारीबाट कार्यान्वयन गर्न सकिनेछ।
(२) उपदफा (१) बमोजिम सार्वजनिक-निजी साझेदारीबाट परियोजना कार्यान्वयन गर्दा देहायको कुनै तरिका अपनाउन सकिनेछ:-
(क) निर्माण तथा हस्तान्तरण,
(ख)निर्माण, सञ्चालन तथा हस्तान्तरण,
(ग)निर्माण, स्वामित्वकरण, सञ्चालन तथा हस्तान्तरण,
(घ)निर्माण, हस्तान्तरण तथा सञ्चालन,
(ङ)लिज, सञ्चालन तथा हस्तान्तरण,
(च)लिज, निर्माण, सञ्चालन तथा हस्तान्तरण,
(छ)विकास, सञ्चालन तथा हस्तान्तरण,
(ज)व्यवस्थापन, सञ्चालन तथा हस्तान्तरण,
(झ)पुनर्स्थापना, सञ्चालन तथा हस्तान्तरण,
स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि पुनर्स्थापना भन्नाले मौजुदा पूर्वाधार संरचनाको मर्मत, विस्तार वा पुनर्निमाण गरी पुनर्स्थापना गर्ने कार्य सम्झनु पर्छ।
(ञ)यस्तै अन्य कुनै तरिका।
(३) उपदफा (२) बमोजिम परियोजना कार्यान्वयन गर्दा कुनै परियोजनाको निर्माण, सञ्चालन, पुनर्स्थापना, मर्मत तथा विस्तारमध्ये कुनै एक वा एकभन्दा बढी चरणमा परियोजना कार्यान्वयन गर्न सकिनेछ।