नियम ३२
परियोजना कार्यान्वयन सम्बन्धी व्यवस्था
(१) ऐनको दफा ४ को उपदफा (२) बमोजिम कुनै निकायले पहिचान गरी सूची स्वीकृत गरेको परियोजनाको कार्यान्वयन गर्न त्यस्तो निकायले बोर्डलाई लिखित अनुरोध गरी प्रस्ताव पठाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रस्ताव पठाउँदा देहायका कुरा खुल्ने आवश्यक कागजात समेत संलग्न राखी पठाउनु पर्नेछ :-
(क) परियोजनाको सम्भाव्यता अध्ययन,
(ख) परियोजनाको आर्थिक र प्राविधिक पक्षको विश्लेषण,
(ग) परियोजनाको वातावरणीय अध्ययन प्रतिवेदन,
(घ) परियोजनाको कार्य प्रगति र यथार्थ अवस्था,
(ङ) परियोजनाको अद्यावधिक विवरण,
(च) अन्य आवश्यक कुरा ।
(३) उपनियम (१) बमोजिमको परियोजना कार्यान्वयन गर्न प्राप्त प्रस्ताव बोर्डले अध्ययन गरी त्यस्तो निकायबाट कार्यान्वयन गर्न उपयुक्त हुने ठहस्याई निर्णय गरेमा त्यस्तो निकाय र बोर्ड बीच परियोजना कार्यान्वयनको लागि समझदारी गरिनेछ ।
(४) उपनियम (३) बमोजिम समझदारी गर्दा देहायका विषय समेत समावेश गरिनेछः-
(क) परियोजनाको विवरण,
(ख) सम्बन्धित निकायले निर्वाह गर्नु पर्ने जिम्मेवारी,
(ग) बोर्डले निर्वाह गर्नु पर्ने जिम्मेवारी,
(घ) कार्यान्वयन गर्नु पर्ने गरी तय गरिएको कार्यतालिका तथा कार्ययोजना,
(ङ) अन्य आवश्यक कुरा ।
(५) यो नियमावली प्रारम्भ हुनु अघि प्रचलित कानून बमोजिम कुनै निकायबाट अनुमति प्रदान गर्ने प्रक्रियामा रहेको कुनै परियोजना ऐनको दफा ४ बमोजिम बोर्डको क्षेत्राधिकारमा पर्ने भई सो दफाको प्रयोजनका लागि बोर्डले अनुमति दिनु पर्ने वा कार्यान्वयन गर्नु पर्ने भएमा त्यस्तो निकायले कार्यालय समक्ष परियोजनाको विकास, निर्माण, सञ्चालन तथा सहजीकरण गर्न परियोजनासँग सम्बन्धित सम्पूर्ण कागजात र विवरण हस्तान्तरण गर्नु पर्नेछ।
(६) उपनियम (५) बमोजिम हस्तान्तरण भई आएमा बोर्डले आवश्यक निर्णय गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाउनु पर्नेछ ।
(७) यो नियमावली प्रारम्भ हुनु अघि प्रचलित कानून बमोजिम कुनै निकायबाट अनुमति प्राप्त गरी कुनै परियोजना कार्यान्वयनमा रहेको भए त्यस्तो परियोजनाको निर्माण र सञ्चालनको अनुगमन सोही निकायबाट गर्न सकिनेछ।
(८) सार्वजनिक-निजी साझेदारीमा कार्यान्वयन हुने परियोजनाको हकमा लगानीकर्ताको लागि एकल बिन्दु सेवा लगायतको सेवाका लागि अन्य निकायलाई गरिने सिफारिस लगानी स्वीकृति प्रदान गर्ने निकायबाट प्रदान गरिनेछ र परियोजनाको अनुगमन र सम्झौताको कार्यान्वयन परियोजना कार्यान्वयन गर्ने सम्बन्धित निकायबाट हुनेछ।
(९) यो नियमावली प्रारम्भ हुनु अघि प्रचलित कानून बमोजिम बोर्डको क्षेत्राधिकारमा परी कार्यान्वयन प्रक्रिया अघि बढाइएको परियोजना बोर्डको क्षेत्राधिकारमा नपर्ने भएमा त्यस्तो परियोजनासँग सम्बन्धित सम्पूर्ण कागजात तथा विवरण कार्यालयले सम्बन्धित निकायलाई हस्तान्तरण गर्नु पर्नेछ।