नियम ११
परियोजना हस्तान्तरणका शर्त
नियम १० बमोजिम नेपाल सरकारले परियोजना हस्तान्तरण गर्दा अन्य शर्तको अतिरिक्त देहायका शर्त समेत राख्नु पर्नेछ ः–
(क) हस्तान्तरित संरचना धितो बन्धकमा राख्न वा बेच बिखन, दान दातव्य, सट्टा पट्टा वा सम्झौता वा अन्य कुनै पनि प्रकारले हक छाडी अन्य कसैलाई हस्तान्तरण गर्न नपाईने,
(ख) संरचना नास्न, बिगार्न वा अदल बदल गर्न नपाईने, तर, परियोजना हस्तान्तरण गर्ने सम्बन्धित सिंचाइ कार्यालयको पूर्व स्वीकृतिमा
आवश्यक मर्मत तथा संभार गर्ने प्रयोजनको लागि अदल बदल गर्न र पुन प्रयोग गर्न नसकिने यन्त्र उपकरण लगातका त्यसै राख्दा बिग्रन, नासिन सक्ने खालका अन्य बस्तु बेच–बिखन वा अन्य कुनै तरिकाले हस्तान्तरण गर्न सकिनेछ।
(ग) सिंचाइको पानीमा कमी आउने वा पानीको गुणस्तरमा ह्रास आउने कुनै पनि प्रकारको क्रियाकलाप गर्न नपाइने,
(घ) यस नियमावलीमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक उपभोक्ताले उपयोग गर्ने पानीको परिमाणमा कमी ल्याउन नपाइने,
(ङ) अन्य कुनै व्यक्ति वा संस्थालाई संचालनको जिम्मा दिन नपाइने ।