नियम १३
परियोजनाको अद्यावधिक विवरण राख्नु पर्ने
(१) सम्बन्धित निकायले सार्वजनिक-निजी साझेदारीमा कार्यान्वयन गरिने परियोजना र सो सम्बन्धी विवरण अद्यावधिक गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम विवरण अद्यावधिक गर्दा सम्बन्धित निकायले लगानीका क्षेत्र समेतका आधारमा परियोजनाको प्राथमिकताक्रम तोक्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राथमिकताक्रम तोक्दा नेपाल सरकारको विद्यमान नीति, योजना तथा कार्यक्रमलाई आधार लिनु पर्नेछ ।