नियम
परियोजनामा निजी लगानीको तरिका
देहायको कुनै तरिकाबाट नेपाल सरकार र निजी
क्षेत्रको संयुक्त सहभागितामा परियोजना कार्यान्वयन गर्न सकिनेछ ः—
(क) नेपाल सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार
विकास गरेर,
(ख) नेपाल सरकार र निजी क्षेत्रबाट परियोजनामा संयुक्त रुपमा लगानी
गरेर,
(ग) नेपाल सरकारले स्थापना गरेको विशेष आर्थिक क्षेत्र निजी क्षेत्रलाई
सञ्चालन तथा व्यवस्थापन गर्न दिएर,
(घ) प्राधिकरणको सिफारिसमा नेपाल सरकारले तोकेको अन्य तरिकाबाट ।