दफा
परिषद् स्वशासित संस्था हुने
– (१) परिषद् अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र
संगठित संस्था हुनेछ ।
(२) परिषद्को सम्पूर्ण काम कारबाहीको लागि आफनो छुट्टै छाप हुनेछ ।
(३) परिषद्ले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेच बिखन गर्न
वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) परिषद्ले व्यक्ति सरह आफनो नामबाट नालेस उजूर गर्न र परिषद्उपर पनि सोही
नामबाट नालेस उजूर लाग्न सक्नेछ ।