दफा १३
परिषद्का समितिहरु
(१) परिषद्ले आफू प्रति जवाफदेही हुनेगरी देहाय बमोजिमका स्थायी समितिहरु गठन गर्न सक्नेछः–
(क) अनुशासन समिति,
(ख) परीक्षा समिति,
(ग) कार्यकारिणी समिति,
(घ) व्यावसायिक मार्गदर्शन समिति ।
(२) परिषद्ले संस्थाको उद्देश्य पूरा गर्न आवश्यकतानुसार अन्य समितिहरु गठन गर्न सक्नेछ ।
(३) यस दफा बमोजिम गठन भएका समितिहरुको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
(४) उपदफा (१) बमोजिम समिति गठन गर्दा अध्यक्ष र उपाध्यक्ष बाहेक एक समितिमा रहेका सदस्यहरु अर्को समितिमा समेत रहने गरी समितिको गठन गरिने छैन ।