दफा ७
परिषद्को गठन
(१) संस्थाको उद्देश्य प्राप्तिको लागि आवश्यक कार्यक्रमहरु सुव्यवस्थित रुपले सञ्चालन गर्न गराउन र संस्थाको सम्पूर्ण काम कारबाहीहरुको रेखदेख तथा प्रबन्ध गर्नको लागि एक परिषद्गठन हुनेछ ।
(२) यस ऐनमा अन्यत्र अन्य व्यवस्था भएकोमा बाहेक परिषद्ले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम र विनियमका अधीनमा रही संस्थालाई भएको सबै अधिकारको प्रयोग र कर्तव्यको पालन गर्नेछ ।
(३) परिषद्मा देहायका पार्षद्हरु रहनेछन्ः–
(क) चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुले आफूमध्येबाट निर्वाचित दशजना – सदस्य
(ख) दर्तावाला लेखापरीक्षक सदस्यहरुले आफूमध्येबाट निर्वाचित चारजना – सदस्य
(ग) महालेखा परीक्षकको सिफारिसमा नेपाल सरकारले लेखा सम्बन्धी अनुभव भएका व्यक्तिहरु मध्येबाट मनोनीत गरेका तीन जना – सदस्य
(४) उपदफा (३) को खण्ड (क) बमोजिमका पार्षद्हरुमध्ये फेलो चार्टर्ड एकाउन्टेन्ट ( एफ.सी.ए.) हरुबाट पार्षद्हरुले अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्नेछन्।
(५) अध्यक्ष र उपाध्यक्षको पदावधि एक वर्षको हुनेछ र पदावधि समाप्त भएपछि निजहरु पुन एक पटकको लागि निर्वाचित हुन सक्नेछन्।
(६) पार्षद्हरुको पदावधि तीन वर्षको हुनेछ र पदावधि समाप्त भए पछि निजहरु पुन निर्वाचित वा मनोनीत हुन सक्नेछन्।
(७) पार्षद्हरुको निर्वाचन सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।
(८) अध्यक्ष र उपाध्यक्षको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।