दफा
परिषद्को गठन
(१) दफा ३ बमोजिम स्थापना भएको परिषद्मा देहाय बमोजिमका सदस्यहरु रहने छन्ः–
(क) फार्मेसी विषयमा कम्तीमा स्नातकोपाधि प्राप्त गरीकम्तीमा दश वर्ष फार्मेसी व्यवसायमा अनुभव प्राप्त गरेका फर्मासिष्टहरुमध्ये नेपाल सरकारबाट मनोनीत
फर्मासिष्ट – अध्यक्ष
(ख) फार्मेसी विषय अध्यापन गराउने शिक्षण संस्थाका वरिष्ठ फर्मासिष्ट शिक्षकहरुम्ध्ये नेपाल सरकारबाट मनोनीत फर्मासिष्ट एकजना – सदस्य
(ग) अध्यक्ष, नेपाल फर्मास्यूटिकल एशोसिएशन –सदस्य
(घ) औषधी उत्पादन तथा बिक्री वितरण कार्यमा संलग्न ख्यातिप्राप्त फर्मासिष्टहरुमध्ये नेपाल सरकारबाट मनोनीत फर्मासिष्ट दुईजना – सदस्य
(ङ) प्रचलित कानून बमोजिम दर्ता भएको फर्मासिष्टहरुको पेशागत संस्थाको प्रमुखमध्येबाट नेपाल सरकारबाट मनोनीत एकजना – सदस्य
(च) परिषद्को सिफारिसमा नेपाल सरकारबाट मनोनीत एकजना महिला सहितको वरिष्ठ फर्मासिष्टहरु दुईजना –सदस्य
(छ) औषधी ऐन, २०३५ बमोजिमको औषधी व्यवस्थापक – सदस्य
(ज) रजिष्ट्रार –सचिव
(२) परिषद्ले आवश्यक देखेमा फार्मेसी क्षेत्रका कुनै विशेषज्ञलाई परिषद्को बैठकमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।