दफा २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “परिषद्” भन्नाले दफा ३ बमोजिम स्थापित नेपाल फार्मेसी परिषद्सम्झनु पर्छ ।
(ख) “अध्यक्ष” भन्नाले परिषद्को अध्यक्ष सम्झनु पर्छ ।
(ग) “सदस्य” भन्नाले परिषद्को सदस्य सम्झनु पर्छ र सो शब्दले परिषद्को अध्यक्ष समेतलाई जनाउँछ ।
(घ) “औषधी” भन्नाले औषधी ऐन, २०३५ बमोजिमको औषधी सम्झनु पर्छ ।
(ङ) “फर्मासिष्ट” भन्नाले मान्यता प्राप्त शिक्षण संस्थाबाट फार्मेसी विषयमा कम्तीमा स्नातकोपाधि वा सो सरहको योग्यता प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ ।
(च) “फार्मेसी सहायक” भन्नाले मान्यता प्राप्त शिक्षण संस्थाबाट फार्मेसी विषयमा कम्तीमा प्रमाणपत्र वा सो सरहको योग्यता प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ ।
(छ) “फार्मेसी व्यवसाय” भन्नाले औषधी उत्पादन, गुणस्तर कायम, औषधी कारखानाको निरीक्षण तथा सिफारिस, उत्पादित औषधीको भण्डारण तथा आपूर्ति गर्ने प्रविधिको छनौट, आपूर्तिको सुपरीवेक्षण, औषधीको दर्ता तथा औषधी सेवन गर्न उपयोगी, गुणस्तरयुक्त, असरयुक्त र सुरक्षित छ भनी प्रमाणित गर्ने व्यवसाय सम्झनु पर्छ र सो शब्दले हस्पिटल फार्मेसी समेतलाई जनाउँछ ।
(ज) “दर्तावाला फर्मासिष्ट” भन्नाले दर्ता किताबमा नाम दर्ता भएको फर्मासिष्ट सम्झनु पर्छ ।
(झ) “दर्तावाला फार्मेसी सहायक” भन्नाले दर्ता किताबमा नाम दर्ता भएको फार्मेसी सहायक सम्झनु पर्छ ।
(ञ) “दर्ता किताब” भन्नाले दफा १५ बमोजिम तयार गरिएको दर्ता किताब सम्झनुपर्छ ।
(ट) “रजिष्ट्रार” भन्नाले दफा २६ बमोजिम नियुक्त गरिएको वा तोकिएको व्यक्ति सम्झनु पर्छ ।
(ठ) “विषय समिति” भन्नाले दफा ३२ बमोजिम गठन भएको विषय समिति सम्झनुपर्छ ।
(ड) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।