दफा
परिषद्को गठन

(१) परिषद् गठन देहाय बमोजिम हुनेछ
(क) कृषि मन्त्री वा राज्यमन्त्री – अध्यक्ष
(ख) सदस्य, (कृषि क्षेत्र हेर्ने) राष्ट्रिय योजना आयोग – सदस्य

(ग) सचिव, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय     -सदस्य

(घ) सचिव, अर्थ मन्त्रालय – सदस्य
(ङ) सचिव, वन तथा वातावरण मन्त्रालय         -सदस्य
(च) सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय             -सदस्य
(छ) सचिव, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान – सदस्य
(ज) डीन, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान – सदस्य
(झ) परिषद्मा कार्यरत अनुभवी कृषि वैज्ञानिकहरू मध्येबाट नेपाल सरकारद्वारा मनोनीत एकजना – सदस्य
(ञ) कृषि अनुसन्धानको क्षेत्रमा योगदान पु¥याई सम्बन्धित संस्थामा कार्यरत वैज्ञानिकहरू मध्येबाट नेपाल सरकारद्वारा मनोनीत दुई जना – सदस्य
(ट) प्रतिष्ठित व्यावसायिक कृषक वा परिषद्को सेवाबाट निवृत वैज्ञानिकहरू मध्येबाट नेपाल सरकारद्वारा मनोनीत दुईजना – सदस्य
(ठ) कृषि क्षेत्रमा संलग्न उद्यमीहरू मध्येबाट नेपाल सरकारद्वारा मनोनीत एकजना – सदस्य
(ड) कृषि अनुसन्धानको क्षेत्रमा गैर सरकारी संघ संस्थामा संलग्न व्यक्तिहरू मध्येबाट नेपाल सरकारद्वारा मनोनीत एकजना – सदस्य
(ढ) कार्यकारी निर्देशक –सदस्य–सचिव
(२) उपदफा (१) बमोजिम मनोनीत सदस्यहरूको पदावधि दुई वर्षको हुनेछ र निजहरू पुन मनोनीत हुन सक्नेछन् ।
(३) नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी परिषद्का सदस्यहरूमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।