विषय वा प्रसँगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “परिषद्” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल कृषि अनुसन्धान परिषद् सम्झनु पर्छ ।
(ख) “समिति” भन्नाले दफा ७ बमोजिम गठन भएको कार्यकारी समिति सम्झनु पर्छ ।
(ग) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(घ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनुपर्छ र सो शब्दले समितिको अध्यक्ष तथा सदस्य–सचिवलाई समेत जनाउँछ ।
(ङ) “कार्यकारी निर्देशक” भन्नाले दफा १३ बमोजिम नियुक्त भएको वा तोकिएको कार्यकारी निर्देशक सम्झनु पर्छ ।
(ङ१) “राष्ट्रिय कृषि नीति” भन्नाले राष्ट्रिय योजना आयोगबाट तय गरिएको दीर्घकालीन कृषि योजना तथा पञ्चवर्षीय योजनामा समावेश भएको कृषि योजनालाई कार्यान्वयन गर्न नेपाल सरकारले प्रकाशमा ल्याएको कृषि सम्बन्धी नीति सम्झनुपर्छ ।
(च) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको विनियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।