दफा १०
परिषद्को बैठक र निर्णय
(१) अध्यक्षले तोकेको मिति, समय र स्थानमा कार्यकारी निर्देशकले परिषद्को बैठक बोलाउनेछ ।
(२) परिषद्को बैठक साधारणतया वर्षको ६ पटक बस्नेछ र दुईवटा बैठकको अन्तर तीन महीना भन्दा बढी हुने छैन ।
(३) परिषदको बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ र अध्यक्ष र उपाध्यक्ष दुवैको अनुपस्थितिमा पार्षद्हरुले आफु मध्येबाट छानेको पार्षद्ले परिषद्को बैठकको अध्यक्षता गर्नेछ ।
(४) कूल पार्षद् संख्याको पच्चीस प्रतिशत पार्षद्ले परिषद्को बैठक बोलाउन आवश्यक छ भनी अध्यक्ष समक्ष लिखित निवेदन दिएमा त्यस्तो निवेदन परेको पन्ध्र दिन भित्र अध्यक्षले कार्यकारी निर्देशकलाई परिषदको बैठक बोलाउन निर्देशन दिनु पर्नेछ ।
(५) कूल पार्षद संख्याको पचास प्रतिशत पार्षद् उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(६) परिषद्को बैठकमा बहुमतको रायलाई परिषद्को निर्णय मानिनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) परिषद्को निर्णय कार्यकारी निर्देशकद्वारा प्रमाणित गरिनेछ ।
(८) परिषद्ले आवश्यक देखेमा नेपाल सरकारको कुनै अधिकृत वा कुनै स्वदेशी वा विदेशी विशेषज्ञ, सल्लाहकार वा लेखा व्यवसायसंग सम्बन्धित लब्ध प्रतिष्ठित व्यक्तिलाई परिषद्को बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(९) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद् आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।