दफा १०
परिषद्को बैठकसम्बन्धी व्यवस्था

१०. परिषद्को बैठकसम्बन्धी व्यवस्था

(१) परिषद्को बैठक वर्षको एकपटक बस्नेछ ।
(२) परिषद्को बैठक परिषद्को अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) परिषद्को बैठकको अध्यक्षता परिषद्को अध्यक्ष र निजको अनुपस्थितिमा परिषद्को वरिष्ठ सदस्यले गर्नेछ ।
(४) परिषद्को बैठकमा सम्बद्ध पदाधिकारी तथा विशेषज्ञलाई आमन्त्रण गर्न सकिनेछ ।
(५) परिषद्को निर्णय परिषद्को सदस्य–सचिवले प्रमाणित गर्नेछ ।
(६) परिषद्को बैठकसम्बन्धी अन्य कार्यविधि परिषद् आफैले निर्धारण गरेबमोजिम हुनेछ ।