दफा
परिषद्को बैठक
(१) परिषद्को बैठक वर्षको कम्तीमा दुई पटक बस्नेछ ।
(२) परिषद्को बैठक परिषद्को अध्यक्षको निर्देशनमा परिषद्को सदस्य–सचिवले बोलाउनेछ ।
(३) परिषद्को सदस्य–सचिवले परिषद्को बैठक बस्ने सूचना सहित बैठकमा छलफल हुने विषयहरुको सूची सात दिन अगावै परिषद्का सदस्यहरुलाई उपलब्ध गराउनु पर्नेछ ।
(४) परिषद्मा तत्काल कायम रहेका सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(५) परिषद्को बैठकको अध्यक्षता परिषद्को अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा परिषद्का सदस्यहरुले आफुमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(६) परिषद्को बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) परिषद्को बैठकको निर्णय परिषद्को सदस्य–सचिवद्वारा प्रमाणित गरिनेछ ।
(८) परिषद्को बैठकसम्बन्धी अन्य कार्यविधि परिषद् आफैले निर्धारण गरेबमोजिम हुनेछ ।