Preamble ०
प्रस्तावना
राष्ट्रिय न्यायिक प्रतिष्ठान ऐन, २०६३
प्रमाणीकरण र प्रकाशन मिति
२०६३।८।८
२०६४ सालको ऐन न. २४
राष्ट्रिय न्यायिक प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना: न्यायिक निकायमा कार्यरत न्यायाधीश, कर्मचारी तथा कानून व्यवसायीको कार्य क्षमता र व्यावसायिक दक्षतामा अभिवृद्धि गर्न तथा कानून र न्यायको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्ने सम्बन्धमा राष्ट्रिय न्यायिक प्रतिष्ठानको व्यवस्था गर्न वाञ्छनीय भएकोले,
प्रतिनिधिसभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधिसभाले यो ऐन बनाएको छ ।