नियम ७७
परिषद्को बैठक
(१) परिषद्को बैठक छ महिनामा कम्तीमा एक पटक परिषद्को अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ । (२) परिषद्को बैठक बस्ने सूचना र बैठकमा छलफल हुने विषय सूची परिषद्को सदस्य-सचिवले बैठक बस्नु भन्दा कम्तीमा अठ्चालीस घण्टा अगावै परिषद्का सदस्यहरूलाई दिनु पर्नेछ ।
(३) परिषद्को बैठकमा कम्तीमा (एकाउन्न प्रतिशत सदस्य उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
(४) परिषद्को बैठकको अध्यक्षता परिषद्को अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा बैठकको अध्यक्षता परिषद्को उपाध्यक्षले गर्नेछ ।
(५) परिषद्को बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(६) परिषद्को (निर्णय बैठकको अध्यक्षता गर्ने व्यक्ति र परिषद्को सदस्य-सचिवबाट प्रमाणित गरी सदस्य-सचिवले अभिलेख गरी राख्नु पर्नेछ ।
(७) परिषद्ले आवश्यकता अनुसार परिषद्को बैठकमा विज्ञलाई आमन्त्रण गर्न सक्नेछ ।
(८) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद् आफैँले निर्धारण गरेबमोजिम हुनेछ ।