दफा २२
परिषद्को लेखा र लेखा परीक्षण –
(१) परिषद्को आय व्ययको लेखा तोकिए बमोजिम राखिनेछ ।
(२) परिषद्को लेखा परीक्षण महालेखा परीक्षकले तोकेको लेखा परीक्षकबाट हुनेछ ।
(३) नेपाल सरकारले चाहेमा परिषद्को कोषको हिसाब किताब जुनसुकै बखत जाँच्न वा
जँचाउन सक्नेछ ।