(१) सामाजिक संघ संस्थाहरूको समन्वय, सहयोग परिचालन र प्रवद्र्धन गरी सुव्यवस्थित तरिकाले समाज कल्याण कार्य सञ्चालन गर्न समाज कल्याण परिषद्को स्थापना गरिएको छ ।
(२) परिषद्मा देहायका सदस्यहरू रहनेछन्ः–
(क) मन्त्री, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय –अध्यक्ष
(ख) नेपाल सरकारद्वारा मनोनीत समाज सेवी एक जना –उपाध्यक्ष
(ग) नेपाल सरकारद्वारा मनोनीत समाज सेवी एक जना –कोषाध्यक्ष
(घ) … … …
(ङ) सदस्य (सामाजिक सेवा हेर्ने), राष्ट्रिय योजना आयोग –सदस्य
(च) कम्तिमा एकजना महिला पर्ने गरी समाज सेवीहरूमध्येबाट नेपाल सरकारद्वारा मनोनीत बढीमा चार जना –सदस्य
(छ) विभिन्न सामाजिक संघ संस्थाहरूबाट नेपाल सरकारबाट मनोनीत तीन जना –सदस्य
(ज) प्रतिनिधि, सम्बन्धित मन्त्रालय (समाज कल्याण हेर्ने) –सदस्य
(झ) प्रतिनिधि, गृह मन्त्रालय –सदस्य
(ञ) प्रतिनिधि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय –सदस्य
(ट) प्रतिनिधि, अर्थ मन्त्रालय –सदस्य
(ठ) प्रतिनिधि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय –सदस्य
(ड) प्रतिनिधि, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय –सदस्य
(ढ) नेपाल सरकारबाट मनोनीत व्यक्ति –सदस्य–सचिव
(३) मनोनीत सदस्यहरूको पदावधि चार वर्षको हुनेछ र निजहरू पुन मनोनीत हुन सक्नेछन्।
(४) नेपाल सरकारले परिषद्को कारण सहितको सिफारिशमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी परिषद्का सदस्यहरू हेरफेर गर्न सक्नेछ ।