नियम १२
परीक्षण गर्ने तरीका
(१) निरीक्षकले नियम ११ को उपनियम (३) बमोजिम लिएको कन्साइनमेन्टको नमूना परीक्षणका लागि प्रयोगशालामा प्राप्त भएपछि देहायको कुनै एक वा एकभन्दा बढी परीक्षण विधि अवलम्बन गरी परीक्षण गर्नु पर्नेछः–
(क) सामान्य परीक्षणः शत्रुजीवबाट संक्रमित भए नभएको पत्ता लगाउन आँखाले हेरी सामान्य परीक्षण गर्ने । (ख) धोएर परीक्षणःढुसी भए नभएको पत्ता लगाउन सफा पानीमा आवश्यक रसायन मिसाई नमूना धोएर परीक्षण गर्ने ।
(ग) छानेर परीक्षणः जुका (नेमाटोड) भए नभएको पत्ता लगाउन सफा पानीमा सोली र छान्ने कागज ( फिल्टर पेपर ) को प्रयोग
गरी परीक्षण गर्ने ।
(घ) सुक्ष्मदर्शक यन्त्रबाट परीक्षणःशत्रुजीवको पहिचानको लागि सुक्ष्मदर्शक यन्त्रको प्रयोग गरी परीक्षण गर्ने ।
(ङ) एक्सरे परीक्षणःबीउ बिजन (ग्रेन) हरुमा हुन सक्ने आन्तरिक संक्रमण पत्ता लगाउन एक्सरे मेशिनको प्रयोग गरी परीक्षण
गर्ने ।
(च) इन्क्युबेशन परीक्षणःढुसी वा शाकाणु (ब्याक्टेरिया) भए नभएको पत्ता लगाउन त्यसका लागि उपयुक्त माध्यम सहित इन्क्युबेशन
मेशिनमा आवश्यकता अनुसारको समयसम्म राखी परीक्षण गर्ने ।
(छ) रोपेर गरिने परीक्षणःबीउ बिजन र बिरुवामा आन्तरिक संक्रमण भए नभएको पत्ता लगाउन त्यस्ता बीउ बिजन र बिरुवा पोष्ट इन्ट्री क्वारेन्टाइन स्थलमा रोपेर परीक्षण गर्ने ।
(२) उपनियम (१) मा लेखिएदेखि बाहेकका अन्य वस्तुको परीक्षण गर्नु पर्दा परीक्षण गरिने वस्तुको सामान्य परीक्षण गरी आवश्यकतानुसार त्यसको निसंक्रमण वा उपचार गर्नु पर्नेछ ।