दफा ३५
परीक्षा नियन्त्रक
(१) परीक्षा नियन्त्रण कार्यालयको प्रमुखको हैसियतमा पूरा समय काम गर्ने पदाधिकारीको रूपमा परीक्षा नियन्त्रक रहनेछ।
(२) मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर गरी कम्तीमा आठ वर्षको प्राध्यापन वा शैक्षिक प्रशासनको अनुभव हासिल गरेको व्यक्तिलाई कार्यकारी परिषद्को सिफारिसमा कुलपतिले परीक्षा नियन्त्रक नियुक्ति गर्नेछ।
(३) परीक्षा नियन्त्रकको पदावधि चार वर्षको हुनेछ।
(४) परीक्षा नियन्त्रकको काम, कर्तव्य, अधिकार, पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरू तोकिए बमोजिम हुनेछ।