नियम २९
परीक्षा निर्देशनालयको काम, कर्तव्य र अधिकार
परीक्षा निर्देशनालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) चिकित्सा शिक्षा सम्बन्धी स्नातक, स्नातकोत्तर र सोभन्दा माथिको तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने, (ख) प्रवेश परीक्षा, विद्यार्थी भर्ना, विद्यार्थी मूल्याङ्कन र अन्तिम परीक्षा सम्बन्धी नीति तथा मापदण्ड तयार गरी समितिमा पेश गर्ने,
(ग) परीक्षा सम्बन्धी आवश्यक प्रविधि विकास गरी कार्यान्वयन गर्ने,
(घ) विद्यार्थी भर्नाका लागि म्याचिङ्ग प्रणालीको विकास तथा कार्यान्वयन गर्ने,
(ङ) छात्रवृत्तिमा छनौट भएका विद्यार्थीसँग अध्ययन शर्त सम्बन्धी कबुलियतनामा गर्ने,
(च) एकीकृत वार्षिक शैक्षिक क्यालेण्डर निर्माण गर्ने,
(छ) नेपालका शिक्षण संस्थामा उच्च शिक्षा - अध्ययन गर्न चाहने विदेशी व्यक्तिका लागि विषयगत रूपमा न्यूनतम प्राप्ताङ्क निर्धारण सम्बन्धी कार्य गर्ने,
(ज) परीक्षा सञ्चालनका लागि आवश्यकता अनुसार उपसमिति गठन गर्ने,
(झ) आयोग तथा समितिको निर्णय कार्यान्वयन गर्ने ।