नियम १०
परीक्षा सञ्चालन गर्ने
(१) नियम ७ बमोजिमको निकायले नियम ९, बमोजिम दरखास्त स्वीकृत भएका दरखास्तवालाको ऐनको दफा १९ बमोजिम परीक्षा लिनेछ।

(२) उपनियम (१) बमोजिम लिइने परीक्षाको पाठ्यक्रम र अड्गभार सम्बन्धित विषयका विशेषज्ञसँग परामर्श गाए णापएालाल सर्खाएणा पाए खो उ ठगाटर ।

(३) उपनियम (१) बमोजिम लिइने परीक्षा: लिखित, मौखिक वा परिषद्ले तोकेको अन्य कुनै माध्यमबाट लिन सकिनेछ।

(४) परिषद्ले उपनियम (२) बमोजिम परीक्षाको पाठ्यक्रम निर्माण गर्दा पाठ्यक्रम लागु हुने मिति, विषयको पूर्णाड्, उत्तीर्णाङ्क, परीक्षा प्रणाली, परीक्षाको _ भाषा, प्रश्नको अड्भार, परीक्षण गर्ने विधि, प्रक्रिया, नतिजा र्‌ समय समेत निर्धारण गर्नु पर्नेछ।

(५) उपनियम (१) बमोजिम. लिइने परीक्षाको नतिजा प्रकाशन गर्दा त्यस्तो परीक्षामा उत्तीर्ण भएका दरखास्तवालाको रोल नम्बर, नाम, थर तथा प्राप्ताङ्क समेत प्रकाशन गर्नु पर्नेछ।