दफा १५६
परीक्षा समिति
(१) सवारी चालक अनुमतिपत्रको लागि दरखास्त दिने व्यक्ति त्यस्तो सवारी चलाउन समर्थ छ छैन भन्ने कुरा यकिन गर्नको लागि दफा ४९ बमोजिम परीक्षा लिन देहायका सदस्यहरू भएको एक परीक्षा समिति रहनेछः–
(क) प्रमुख, यातायात व्यवस्था कार्यालय – अध्यक्ष
(ख) नेपाल सरकारले तोकिदिएको प्रहरी अधिकृत – सदस्य
(ग) नेपाल सरकारले तोकेको विशेषज्ञ – सदस्य
(२) उपदफा (१) बमोजिमको समितिले चालक अनुमतिपत्रको लागि दरखास्त दिने व्यक्तिहरूको परीक्षा लिई सफल भएकाहरूलाई चालक अनुमतिपत्र प्रदान गर्न अधिकार प्राप्त अधिकारी समक्ष सिफारिस गर्नु पर्छ ।
(३) उपदफा (१) बमोजिमको समितिको बैठक आवश्यकता अनुसार समितिले निर्धारण गरे बमोजिम बस्नेछ ।
(४) उपदफा (१) बमोजिमको समितिले चालकहरूका लागि लिने परीक्षाको विषय र परीक्षा प्रणाली विभागले तोके बमोजिम हुनेछ ।