दफा २३
परीक्षाको निरीक्षण
(१) दफा २१ बमोजिम कुनै शैक्षिक उपाधि तथा प्रमाणपत्रको मान्यता दिने प्रयोजनको लागि परिषद्द्वारा मान्यता प्रदान गरिएको कुनै शिक्षण संस्थाले सञ्चालन गर्ने गरेको
परीक्षा प्रणालीको सम्बन्धमा परिषद्को पदाधिकारी वा परिषद्ले खटाई पठाएको अधिकारीले निरीक्षण गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम खटिएको निरीक्षकले निरीक्षण गर्ने क्रममा त्यस्तो शिक्षण संस्थाद्वारा सञ्चालित परीक्षामा कुनै किसिमको हस्तक्षेप गर्न पाउने छैन ।
(३) उपदफा (२) बमोजिम परीक्षाको निरीक्षण गर्ने निरीक्षकले परीक्षा प्रणालीको निरीक्षणको क्रममा आफूले देखेका कुराहरुको प्रतिवेदन तयार गरी परिषद्मा पेश
गर्नु पर्नेछ ।