दफा
पर्यटनमा सूचना तथा सञ्चार प्रविधि
१२.९.१ योजना निर्माण, अनुगमन तथा मूल्याड्गन सम्बन्धी तथ्याङ्क संकलनका साथै पर्यटन सम्बन्धी विशिष्ट सेवा तथा गन्तव्य वारे जानकारी प्रदान तथा व्यवसायलाई सहजीकरण गर्न सरोकारवालाहरुलाई प्रोत्साहन गरिनेछ ।

१२.९.२ राष्ट्रिय सम्पदा संरक्षण, प्राकृतिक श्रोत व्यवस्थापन तथा पूर्व चेतावनी (Early Warning) संग सम्बन्धित कार्यहरुको व्यवस्थापन गर्न एकीकृत भौगोलिक सूचना प्रणालीमा आधारित पद्धतिको विकास गरिनेछ ।

१२.९.३ पर्यटन उद्योग तथा व्यवसायहरुलाई व्यवसाय संचालन, बजार प्रवर्द्धन तथा उत्कृष्ट सेवा प्रदान गर्न सहयोग पुच्याउने उद्देश्यले एक विस्तृत पर्यटन सूचना प्रणालीको विकास गरिनेछ ।

१२.९.४ अतिथि सेवा (Hospitality) सम्बन्धी तालिमको स्तरीयता तथा प्रभावकारिता सुनिश्चित गर्न सूचना तथा सञ्चार प्रविधिको नवीनतम प्रयोगलाई प्रोत्साहन गरिनेछ ।

१२.९.५ नेपाल भ्रमण गर्न चाहने पर्यटकहरुलाई विद्युतीय प्रवेशाज्ञा (e‐Visa) प्रदान गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।

१२.९.६ पदयात्रा र पर्वतारोहणमा जाने पदयात्री र पर्वतारोहीको लागि मौसम भविष्यवाणी गर्ने प्रविधिलाई सूचना प्रविधिको प्रयोगबाट विश्वसनीय बनाइनेछ । यस कार्यमा स्वदेशी विज्ञहरुलाई प्रोत्साहन गरीने छ ।