नियम
पर्वतारोहण अभियान पछि सार्न वा हिमालचुली परिवर्तन गर्न सकिने

(१) कुनै पर्वतारोही दलले आफ्नो पर्वतारोहण अभियान पछि सार्न वा अनुमतिमा उल्लिखित हिमालचुली परिवर्तन गर्न चाहेमा त्यस्तो पर्वतारोहण अभियान शुरु हुनु अघि पर्वतारोहण सम्बन्धी कार्यक्रम सहितको अवधि उल्लेख गरी वा परिवर्तन गर्न चाहेको हिमालचुली निश्चित गरी अनुमतिको लागि मन्त्रालय समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्वतारोहण अभियान पछि सार्न चाहने पर्वतारोही दललाई मन्त्रालयले बढीमा दुई वर्षसम्म पर्वतारोहण अभियान पछि सार्ने अनुमति दिन सक्नेछ ।
(३) उपनियम (१) बमोजिम हिमालचुली परिवर्तन गर्दा पर्वतारोही दलले त्यसरी परिवर्तन गर्ने हिमालचुलीको लागि थप सलामी रकम तिर्नु पर्ने भए सो रकम लिई मन्त्रालयले हिमालचुली परिवर्तन गर्न अनुमति दिनेछ ।

तर परिवर्तन हुने हिमालचुलीको सलामी रकम भन्दा पहिले वुझाएको सलामी रकम वढी भएमा त्यस्तो रकम फिर्ता दिइने छैन ।

 

(४) उपनियम (२) बमोजिम पर्वतारोहण अभियान पछि सारेकोमा नेपाल सरकारले यस नियमावली बमोजिमको सलामी रकम बढाएको कारणले नियम ४ बमोजिम बुझाउनु पर्ने सलामी रकम अपुग हुने भएमा त्यस्तो अपुग रकम पर्वतारोही दलले थप गर्नु पर्नेछ।