नियम
पर्वतारोही दलले पालन गर्नु पर्ने शर्तहरू

अनुमति प्राप्त पर्वतारोही दलले देहायका शर्तहरू पालन गर्नु पर्नेछ :–
(क) अनुमति पाएको हिमालचुलीमा मात्र आफ्नो गतिविधि सीमित राख्ने,
(क१) आठ हजार मिटरभन्दा बढी उचाइ भएको हिमालचुली आरोहणको लागि जाँदा पर्वतारोही दलका प्रत्येक दुई जना सदस्यको साथमा कम्तीमा _ एकजना उचाइमा जाने कामदार वा: पर्वतीय पथ प्रदर्शक र सो बाहेकका अन्य हिमालचुली आरोहणको लागि जाँदा पर्वतारोही दलले कम्तीमा एकजना: पर्वतीय पथ प्रदर्शक लिई जानु पर्ने,
(ख) पर्वतारोहण गर्नेे क्षेत्रका जनताको रीतिरिवाज, धार्मिक, सामाजिक तथा साँस्कृतिक परम्परामा आघात पु¥याउने कुनै किसिमको कार्य गर्न नहुने,
(ग) आधार शिविर नपुगेसम्म बिभिन्न ठाउँमा स्थापना गरिने शिविरहरू सकेसम्म स्थानीय जनतालाई मान्य हुने वा नेपाल सरकारले तोकिदिएको ठाउँमा मात्र स्थापना गर्ने,
(घ) नेपाल सरकारले अनुमति दिएको बाहेक अन्य कुनै हातहतियार, बिस्फोटक पदार्थ आदि साथमा लैजान नहुने,(ङ) नेपाल ………. को सुरक्षा तथा प्रतिष्ठामा प्रतिकूल असर पर्ने कुनै किसिमको काम गर्न नहुने,
(च) स्वीकृति पाए बाहेकका दूर सञ्चारको साधन प्रयोग गर्न नहुने,
(छ) पर्वतारोहण क्षेत्र वरपरका रुख पात, अन्य वन्य सम्पदा तथा वातावरणीय स्वच्छतालाई क्षति पुर्याउन वा मास्न नहुने,
(ज) पर्वतारोहणको समयमा कुनै दूर्लभ तथा ऐतिहासिक महत्वका मालसामान फेला परेमा सम्पर्क अधिकृतलाई बुझाउने,
(झ) वातावरण दूषित हुन नदिन मन्त्रालयले तोके बमोजिम काम गर्ने,
(ञ) पर्वतारोहण सम्बन्धी अबस्था तथा कार्यक्रमको सम्बन्धमा सम्पर्क अधिकृतलाई दैनिक जानकारी गराउने ।
(ट) नेपाल ……… सित जोडिएको विदेशी राज्यसँगको अन्तर्राष्ट्रिय सीमानामा पर्ने हिमालचुली आरोहण गर्न अनुमति पाएका पर्वतारोही दलले अन्तर्राष्ट्रिय सीमाना उल्लंघन गर्न नहुने ।
(ठ) आधार शिविरदेखि हिमालचुलीको चुचुरोको अन्तिम बिन्दुसम्म जाँदा र फर्कदाको सम्पूर्ण दूरी पैदलै तय गर्नुपर्ने,
तर
(१) हिमालचुलीको कुनै खण्डबाट प्याराग्लाइडिङ सेवा सञ्चालन गर्न प्रचलित कानून बमोजिम अनुमति प्रदान गरिएको भएमा पर्वतारोही दलको कुनै सदस्यले हिमालचुली आरोहण गरी फर्कदा त्यस्तो प्याराग्लाइडिङ मार्फत फर्कन सक्नेछ।

(२) पर्वतारोहीको आपतकालीन उद्दारको लागि हेलिकोप्टर, हवाइजहाज वा बेलुनको प्रयोग गर्न सकिनेछ।

(ड) पर्वतारोहण सम्बन्धी उपकरण तथा सामग्री पर्वतारोही वा सो दलसँग जान अनुमति प्राप्त कामदारले मात्र लैजाने व्यवस्था गर्ने ।

(ढ) पर्वतारोहणको लागि प्रस्थान गर्नुअघि आधार शिविरबाट प्रस्थान गर्ने, हिमालचुलीमा पुग्ने र हिमालचुलीबाट आधार शिविर फर्कने अनुमानित समय तथा आरोहण मार्गको विवरण सम्पर्क अधिकृतलाई उपलब्ध गराउनु पर्ने।