नेपाल सरकारबाट पसल सञ्चालन गर्ने सहकारी संस्थालाई प्रदान गर्ने सहयोग रकमको वितरण तथा त्यसको व्यवस्थापन तथा अनुगमनका लागि उपयुक्त सहकारी
संस्थाको छनौट गर्न प्रत्येक जिल्लामा देहाय बमोजिमको पसल व्यवस्थापन तथा अनुगमन समिति गठन गरिनेछः–
(क) जिल्ला विकास समितिका सभापति – संयोजक
(ख) प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृत – सदस्य
(ग) स्थानीय विकास अधिकारी वा निजले तोकेको अधिकृत – सदस्य
(ग१) प्रमुख, जिल्ला कृषि विकास कार्यालय – सदस्य
(ग२) प्रमुख, जिल्ला पशु सेवा कार्यालय – सदस्य
(घ) घरेलु तथा साना उद्योग वा वाणिज्य कार्यालय वा घरेलु तथा साना उद्योग विकास समिति प्रमुख – सदस्य
(ङ) जिल्ला स्थित नेशनल टेडिङ्ग लि., साल्ट ट्रेडिङ्ग लि., नेपाल खाद्य संस्थान, नेपाल आयाल नियमका प्रमुख वा प्रतिनिधि – सदस्य
(च) जिल्ला सहकारी संघ लि. का अध्यक्ष – सदस्य
(छ) जिल्ला स्थित वाणिज्य कार्यालयका अधिकृत – सदस्य
(ज) जिल्ला स्थित उद्योग वा वाणिज्य संघको अध्यक्ष – सदस्य
(ज१) विषयगत जिल्ला सहकारी संघका अध्यक्षहरुमध्येबाट अनुगमन समितिले तोकेका दुईजना – सदस्य
(झ) डिभिजन सहकारी कार्यालयको सहकारी अधिकृत – सदस्य–सचिव
तर डिभिजन सहकारी कार्यालय नभएको जिल्लाको हकमा अनुगमन समितिले तोकेको जिल्ला कृषि विकास कार्यालयको अधिकृत कर्मचारीले सदस्य–सचिव भई काम गर्नेछ ।