नियम २२
पहिलो दर्तालाई कायम गर्ने
(१) कुनै व्यक्तिको एउटै व्यक्तिगत घटना एक पटक भन्दा बढी दर्ता भएकोमा एउटा दर्ता मात्र कायम गर्न सम्बन्धित व्यक्ति वा सूचकले व्यक्तिगत घटना दर्ताको सक्कल प्रमाणपत्र सहित स्थानीय अधिकारी समक्षा निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम परेको निवेदन सम्बन्धमा स्थानीय अधिकारीले आवश्यक छानबिन गर्न लगाई एउटै व्यक्तिगत घटना एक पटक भन्दा बढी दर्ता भएको र त्यसरी दर्ता भएको व्यक्तिगत घटनासँग सम्बन्धित तथ्य फरक नपरेको प्रमाणित भएमा पहिले भएको दर्तालाई कायम राखी अन्य दर्ता रद्द गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम व्यक्तिगत घटनाको दर्ता रद्द भएमा सोको जानकारी स्थानीय अधिकारीले सम्बन्धित स्थानीय पश्चिकाधिकारीलाई दिनु पर्नेछ र यसरी जानकारी प्राप्त भएपछि स्थानीय अधिकारीले सोको अभिलेख अद्यावधिक गर्नु पर्नेछ ।