दफा ३१
पारस्परिक कानूनी सहायता उपलब्ध गराउन आदेश गर्न
दफा २७ को उपदफा (३) बमोजिम केन्द्रीय निकायबाट पारस्परिक कानूनी सहायता उपलब्ध गराउन सम्बन्धित अनुसन्धान अधिकारीलाई आदेश भएमा वा त्यस्तो पारस्परिक कानूनी सहायता उपलब्ध गराउन दफा २९ बमोजिम अदालतबाट इन्कार नभएमा सम्बन्धित अनुसन्धान अधिकारी वा अदालतले विदेशी राज्यको माग बमोजिम पारस्परिक कानूनी सहायता उपलब्ध गराउनको लागि सो सम्बन्धमा आवश्यक कारबाही अघि बढाउने आदेश दिनु पर्नेछ ।