नियम ९
पारिश्रमिक र सेवाका अन्य शर्त
(१) कर्मचारीको पारिश्रमिक र यस नियमावलीमा लेखिएदेखि बाहेक सेवाका अन्य शर्तहरू विनियममा व्यवस्था भए बमोजिम हुनेछ ।
(२) कुनै कर्मचारीले काम गरी पकाएको पारिश्रमिक निज जुनसुकै व्यहोराबाट समितिको नोकरीबाट अलग भए पनि निजले पाउनेछ ।
तर समितिको रकम असूल उपर गरी लिनु पर्ने रहेछ भने निजले पाउने रकममा सो कटाई बाँकी रहेको रकम मात्र निजलाई दिइनेछ ।