दफा
पारिश्रमिक
  (१) प्रमुख पदाधिकारीलाई मासिक छ हजार सातसय रुपैयाँ र पदाधिकारीलाई मासिक पाँचहजार नौसय रुपैयाँ पारिश्रमिक दिइनेछ । ।
(२) नेपाल सरकारले संवैधानिक निकायका पदाधिकारीको मासिक पारिश्रमिक तथा अन्य सुविधामा थप गर्न सक्नेछ । यसरी नेपाल सरकारले पारिश्रमिक तथा अन्य सुविधामा थप गर्दा नेपाल राजपत्रमा सूचना प्रकाशन गर्नु पर्नेछ ।
(३) संवैधानिक निकायका पदाधिकारीको पदावधि समाप्त भएमा वा निजले दिएको राजीनामा स्वीकृत भएमा वा मृत्यु भएमा वा अरू कुनै कारणबाट निजले पदबाट अवकाश पाएमा निजलाई आफ्नो पद कायम रहेको दिनसम्म पाउने पारिश्रमिकको अतिरिक्त एक महिनाको थप पारिश्रमिक दिइनेछ ।
(४) संवैधानिक निकायका पदाधिकारीले उपदफा (३) बमोजिम पाउने पारिश्रमिक वा थप पारिश्रमिक अवस्था अनुसार निजलाई वा निजले इच्छाएको व्यक्तिलाई दिइनेछ । निजको मृत्यु भएमा निजले कसैलाई इच्छाएको रहेनछ वा इच्छाईएको व्यक्ति जीवित रहेनछ भने त्यस्तो पारिश्रमिकको रकम निजको नजिकको हकवालालाई दिइनेछ ।