नियम १३२
पिरमर्का गुनासो र सुनुवाई सम्बन्धी व्यवस्था
(१) ऐनको दफा १०५ को उपदफा (१) बमोजिम कर्मचारीले आपूmलाई परेको पिरमर्का तथा गुनासोको सम्बन्धमा विभागीय प्रमुखलाई जानकारी गराउँदा पनि कुनै सुनवाई नभई समिति समक्ष राख्नु पर्ने अवस्था भएमा विभागीय प्रमुखलाई जानकारी गराएको मितिले एक महिना पछि समिति समक्ष सो सम्बन्धमा लिखित निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन दिंदा आफूलाई परेको पिरमर्का तथा गुनासोको स्पष्ट व्यहोरा, विभागीय प्रमुखबाट अपेक्षित उपचार र सो सम्बन्धी कानूनी व्यवस्था समेत खुलाउनु पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम प्राप्त हुन आएको पिरमर्का र गुनासोको सम्बन्धमा समितिले आवश्यक छानवीन गरी निवेदन प्राप्त भएको मितिले एक महिनाभित्र सो सम्बन्धी विषयको टुंगो लगाई सोको जानकारी सम्बन्धित कर्मचारीलाई दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम पिरमर्का र गुनासोको टुंगो लगाउने सन्दर्भमा समितिले गरेको निर्णय अन्तिम हुनेछ र सो को कार्यान्वयन सम्बन्धित पदाधिकारीले गर्नु गराउनु पर्नेछ ।