दफा ४८
पीडित राहत कोष खडा गर्नु पर्ने
(१) कसूरबाट पीडितलाई राहत उपलब्ध गराउन पीडित राहत कोष नामक एक कोष खडा गरिनेछ ।
(२) उपदफा (१) बमोजिम खडा भएको कोषमा अदालतको पैmसला बमोजिम जरिबाना बापत असूल उपर भएको वा अपराध संहिता बमोजिम कैद बस्नु पर्ने कसूरदार कैद नबसी कैद बापत जरिबाना तिरेको रकममध्ये पचास प्रतिशत रकम नेपाल सरकारले जम्मा गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको कोषमा उपदफा (२) बमोजिम जम्मा गरिने रकम बाहेक कानून बमोजिम व्यवस्था भएको रकम वा नेपाल सरकारबाट वा अन्य कुनै स्रोतबाट प्राप्त भएको रकम समेत जम्मा हुनेछ ।
(४) उपदफा (१) बमोजिमको कोषको सञ्चालन, पीडितको वर्गीकरण, कोषबाट पीडितलाई दिइने राहत रकमको आधार, त्यस्तो रकमको हद तथा वितरण प्रकृया सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।