दफा १०
पुन निकासी सम्बन्धी विशेष व्यवस्था
: (१) एकपटक नेपालभित्र पैठारी गरिएको सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना यस दफा बमोजिम पुन निकासीको अनुमतिपत्र प्रदान नभई निकासी हुन सक्ने छैन ।
(२) उपदफा (१) बमोजिम सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना पुन निकासी गर्न चाहने व्यक्ति, संस्था वा निकायले व्यवस्थापन निकाय समक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम निवेदन परेमा र पुन निकासी गर्न लागिएको सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना यस ऐन वा प्रचलित कानून बमोजिम नेपालमा पैठारी गरिएको भएमा व्यवस्थापन निकायले त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना दफा ६ वा ८ बमोजिमको प्रकृया पुरा गरी पुन निकासी गर्न अनुमतिपत्र प्रदान गर्न सक्नेछ ।