दफा २०७
पुनरावेदन गर्दा अदालती शुल्क बुझाउनु पर्ने

(१) पुनरावेदन गर्दा कानून बमोजिम लाग्ने अदालती शुल्क बुझाएको निस्सा पुनरावेदन साथ पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मुद्दा फैसला हुँदाका बखत अदालती शुल्क तिर्न अदालतबाट अनुमतिभएकोमा अदालती शुल्क दाखिला भएको निस्सा नभए पनि पुनरावेदन दर्ता गर्नु पर्नेछ ।