दफा २६
पुनरावेदन दिन सक्ने
(१) विभागबाट दफा २३ बमोजिम क्षतिपूर्ति भराइदिने गरी भएको आदेश, दफा २४ को उपदफा (१), (२), (३) र (४) बमोजिम भएको जरिबाना वा दफा २५ को उपदफा (१) बमोजिम गरेको निलम्बन उपर चित्त नबुझ्ने पक्षले त्यस्तो निर्णयको  जानकारी पाएको पैँतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन दिन सक्नेछ ।
(२) दफा २४ को उपदफा (५) र (६) बमोजिम गरेको जरिबाना उपर चित्त नबुझ्ने पक्षले त्यस्तो निर्णयको जानकारी पाएको मितिले पैँतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन दिन सक्नेछ ।