नियम २६
पुनरावेदन दिन सक्ने

(१) प्रचलित कानुन बमोजिम कुनै निकाय वा पदाधिकारीले गरेको निर्णय वा दिएको आदेशमा चित्त नबुझने व्यक्तिले उक्त निर्णय वा आदेशका जानकारी पाएको मितिले पैंतीस दिनभित्र देहायका कुराहरू खुलाई अदालतमा पुृनरावेदन दिन सक्नेछः–
(क) पुनरावेदकको नाम, थर, वतन र वावुको नाम,
(ख) प्रत्यर्थी गराइने व्यक्तिको नाम, थर, वतन र बाबुको नाम,
(ग) जुन निर्णय वा आदेशमा चित्त नबुझेको हो सो निर्णय दिने व्यक्ति वा निकायको नाम,
(घ) निर्णय वा आदेश भएको मिति,
(ङ) निर्णय वा आदेशको विवरण,
(च) पुनरावेदनको माग,
(छ) अदालतको क्षेत्राधिकार भित्र पर्ने कुरा ।
(२) अदालत नभएको ठाउँमा उपनियम (१) बमोजिमको पुनरावेदन सम्बन्धित श्रम कार्यालयमा दिन सकिनेछ र श्रम कार्यालयले पनि यसरी प्राप्त हुन आएको पुृनरावेदनको निस्सा सम्बन्धित व्यक्तिलाई दिई त्यस्ता पुनरावेदनलाई सात दिनभित्र
अदालतमा पठाउनु पर्नेछ ।