नियम १५
पुनरावेदन सरकारी वकील कार्यालयका अन्य सरकारी वकीलको काम, कर्तव्य र अधिकार
पुनरावेदन सरकारी वकील कार्यालयका अन्य सरकारी वकीलको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः–
(क) सहन्यायाधिवक्ताको कार्य सम्पादनमा सहायता पु¥याउनु,
(ख) नेपाल सरकार वादी हुने मुद्दामा अधिकार प्राप्त अधिकारीद्वारा अनुसन्धान तहकिकात एवं छानबिन गरी आवश्यक कारबाहीका लागि आएका मिसिलहरुमा महान्यायाधिवक्ताबाट अधिकार प्रत्यायोजन भएबमोजिम मुद्दा चलाउने वा नचलाउने निर्णय गर्ने,
(ग) खण्ड (ख) बमोजिम मुद्दा चल्ने नचल्ने निर्णय गर्ने सिलसिलामा मिसिल अध्ययन गर्दा मुद्दा चल्ने देखिएमा आफ्नै कार्यालयबाट चलाउनु पर्ने मुद्दाको हकमा ऐनको दफा १८ र दफा २२ बमोजिम सम्बन्धित अदालतमा अभियोगपत्र, फिरादपत्र दायर गरी बहस पैरवी गर्ने,
(घ) नेपाल सरकारलाई सरोकार पर्ने मुद्दामा सहन्यायाधिवक्ताले खटाएबमोजिम नेपाल सरकारको तर्फबाट अड्डा अदालतमा उपस्थित भई बहस पैरवी गर्ने,
(ङ) अदालतबाट भएको फैसला वा आदेश उपर पुनरावेदन, निवेदन गर्नेसम्बन्धी आवश्यक कार्य गर्ने गराउने ।