दफा ११
पुनरावेदन
(१) दफा १० को उपदफा (१) बमोजिम समितिले दिएको आदेश उपर चित्त नबुझ्ने स्वास्थ्य संस्था वा चिकित्सकले त्यस्तो आदेश भएको मितिले पैंतीस दिनभित्र नेपाल सरकार, स्वास्थ्य मन्त्रालयमा पुनरावेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम परेको पुनरावेदनको सम्बन्धमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले दिएको निर्णय अन्तिम हुनेछ ।