दफा ६६
पुनरावेदन
: (१) यस ऐन बमोजिम विभागले गरेको निर्णयउपर चित्त नबुझ्ने पक्षले निर्णय भएको मितिले पैंतीस दिनभित्र नेपाल सरकार समक्ष पुनरावेदन गर्न सक्नेछ ।
(२) यस ऐन बमोजिम वैदेशिक रोजगार न्यायाधिकरणले गरेको निर्णयमा चित्त नबुझ्ने पक्षले निर्णय भएको मितिले पैंतीस दिनभित्र सर्वोच्च अदालत समक्ष पुनरावेदन गर्न सक्नेछ ।