दफा १५
पुनर्निर्माण कोष

(१) प्राधिकरणको लागि एउटा छुट्टै पुनर्निर्माण कोषमा रहनेछ ।
(२) उपदफा (१) बामोजिमको कोषमा देहाय बामोजिमका रकमहरु रहनेछ ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषबाट प्राप्त रकम,
(ग) कुनै संघ, संस्था वा व्यक्तिबाट प्राप्त रकम,
(घ) विदेशी व्यक्ति, सरकार वा अन्तर्राष्ट्रिय संघ, संस्थाबाट नगद वा वस्तुगत सहायता वा कार्यक्रम बापत प्राप्त रकम,
(ङ) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(३) उपदफा (२) को खण्ड (घ) बमोजिमको रकम प्राप्तगर्नु अघि प्राधिकरणलेपरराष्ट्र मन्त्रालयसंगको समन्वयमा अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिमको कोषको सञ्चालन कार्यकारी समितिले तोकेबमोजिम हुनेछ ।
(५) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा बमोजिमको पुनर्निर्माण कोषमा रहेको रकम फ्रिज हुने छैन ।
(६) उपदफा (१) बमोजिमको कोषको रकम पूनर्निर्माण सम्बन्धी कामका लागि मात्र खर्च गरिनेछ ।
(७) प्राधिकरणको उपदफा (१) बमोजिमको कोषको वार्षिक कारोबारको स्थिति रअन्य हरहिसाबको प्रतिबेदन तयार गरी नेपाल सरकारसमक्ष पेश गर्नेछ ।